त्यतिखेरै त्यहाँ एकजना ज्योतिषी आइपुगे । उनी त्यही बाटो हिँडेर घर जाँदै थिए । उनले बालुवामा बुद्धको पाइला देखे । पाइला हेरेर उनी छक्क परिरहेका थिए ।
ती ज्योतिषीले जिन्दगीमा यस्तो पदचिह्न देखेका थिएनन् । चक्रवर्ती सम्राट्को यो पदचिह्न पछ्याउँदै जाँदा उनले एक संन्यासी अर्थात् बुद्धलाई पो भेटे ।
बुद्धको मुहारमा दिव्य चमक थियो । ज्योतिषीले बुद्धलाई हात जोडेर निवेदन गरे, ‘हजुरको पाइतालामा भएको पद्म अति दुर्लभ हो । हजारौं वर्षमा कुनै एक भाग्यशालीमा यस्तो चिह्न देखापर्छ । ज्योतिषविद्याका अनुसार हजुर त चक्रवर्ती सम्राट् हुनुपर्ने हो । तर …?
यो सुनेर भगवान् बुद्ध हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंको ज्योतिषविद्या सही हो । तर अब म सबै बन्धनबाट मुक्त भइसकेको छु ।’
तपाईंले सम्पूर्ण बन्धनबाट छुटकारा पाएपछि कुनै ज्योतिषविद्याले काम गर्दैन
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment