देशको सीमा रक्षा गर्दा मारिएका गौतमको अन्त्येष्टि र परिवारलाई भेट्न कोही पनि राष्ट्रिय नेता नगएका बेला देशकै दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेता पहिलोपटक कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजार जान लागेका हुन् ।
शोकमा रहेको गौतमको परिवारलाई सान्तवना दिन अध्यक्ष ओली शुक्रबार (भोलि) गौतमको घर कञ्चनपुरको पुनर्वास नगरिपालिका–८ आनन्दबजार जाने ओलीको निजी सचिवालयले जनाएको छ ।
| File Imge |
देशको सीमा रक्षा गर्दा मारिएका गौतमको अन्त्येष्टिमा तथा परिवारलाई भेट्न कोही पनि राष्ट्रिय नेता नगएको र प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारमा व्यस्त रहेका बेला देशकै दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीसहित शीर्ष नेता पहिलोपटक कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजार जान लागेका हुन् ।
मेची–महाकाली अभियान अन्तर्गत ओली आज धनगढीमा छन् । एमालेको अभियान कञ्चनपुर पुगेपछि सदरमुकाम महेन्द्रनरगमा आमसभा सम्पन्न गरी अध्यक्ष ओलीसहितको एमालेको पुरै नेतृत्व सहिद गौतमका परिवारजनलाई भेट्न जाने कार्यक्रम छ । ओलीसहित एमाले नेताहरुले गौतमका परिवारलाई भेटेर सान्तवना दिनेछन् ।
एमालेले गौतमको हत्या भारतीय सुरक्षाकर्मीले गरेको भन्दै भारत सरकारले नेपालसँग माफी माग्नुपर्ने र पीडित परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएको छ ।
गत फागुन २७ गते नेपाली भूमिमै प्रवेश गरी भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गोली प्रहार गरी गौतमको हत्या गरेको थियो । पुनर्वास नगरपालिका भित्रको खोलामा स्थानीय उपभोक्ता समितिले कल्भर्ट निर्माण गरिरहेकोमा भारतीय पक्षले रोक्न खोजेपछि नेपालीले प्रतिवाद गर्दा यो घटना हुन पुगेको हो ।
-Dainik Nepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment