हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले मधेसी मोर्चा नामका २–४ जना उफ्रियो भने डराएर भाग्ने गरेको भन्दै अध्यक्ष ओलीले विदेशी दलालहरुको डरले कांग्रेस जनताबाट हराउँदै गएको बताए ।
शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने– ‘ कांग्रेस र मधेसवादी दलका केही नेता जो विदेशीको दलालको इशारामा चलेका छन् उनीहरुले विदेशीकै इशारामा संविधान संशोधन गर्न खोजेका छन् । यो प्रयास एमालेले कुनै हातलमा सफल हुन दिन्न् ।’
विदेशीले नेपालमा संविधान संशोधन गर्न चाहेको र सोही अनुसार अहिलेको सरकारले संशोधन कुरा अगाडि ल्याएर स्थानीय तहको निर्वाचन नगराउन प्रपञ्च रचेको उनको आरोप छ ।
२०४८ र ०५६ पछि कांग्रेसले बहुमतको सरकार बनाएपनि केही गर्न नसकेको भन्दै ओलीले जनताले कांग्रेसलाई बहुमत दिनु बाँदरको हातमा नरिवल जस्तै भएको जिकिर गरे ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment