फागुन २६ देखि चैत ३ गतेसम्म अज्ञातस्थानमा बसेको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘दलाल सत्ता’को संज्ञा दिएको हो । सरकारविरुद्ध वैकल्पिक सत्ता चलाउने निर्णय नेपाल कम्युनिष्ट पार्टीले गरेको स्रोतले जनाएको छ ।
विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले गरेको अधिकांश निर्णयहरू संविधान विपरित रहेका छन् । तपाईहरूले गरेका निर्णय त संविधान विपरितका छन् भन्ने प्रश्नमा नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, ‘हामीले यो संविधान नै कहाँ मानेका छौँ र ? हामीले आफ्नै एकीकृत जनक्रान्ति लागू गर्ने हो ।’
सो पार्टीले स्थानीय जनसत्ता सुदृढ गर्दै जनसत्ता सञ्चालन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उनले भने, ‘यो दलाल सरकारबाट कुनै कुराको पार लाग्ने अवस्था रहेन । अब समानान्तर जनसत्ता चलाउने निर्णयमा पुगिएको छ ।’
वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनको विरोध गरेको ‘विप्लव’ कम्युनिष्ट पार्टीले ‘स्थानीय तहको चुनाव बिथोल्ने निर्णय’ गरेको छ । सो पार्टीले स्थानीय चुनावमा सहभागी नहुन आह्वान पनि गरेको छ ।
वैशाख ५ गतेबाट देशभर जनसभा गर्ने लगायतका निर्णयहरू पनि कम्युनिष्ट पार्टीले गरेको छ । पार्टीले ३ महिने जनजागरण र एकीकृत जनप्रतिरोध अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियान वैशाख ५ गते कञ्चनपुरबाट सुरू हुनेछ । जनसभा गर्दै झापामा समापन गरिने स्रोतले जनाएको छ ।
-dainik nepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment