रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता राईले पटक पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चाले कुनै पनि हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको बताए ।
नेता राईले मधेशी मोर्चाको नियतमै खोट भएको बताउँदै मोर्चालाई तीन पटक लिखित रुपमा पत्र नै थमाएर वार्तामा बस्न आह्रवान गर्दा पनि वार्तामा बस्न नचाहेको बताए । मोर्चाको नियतमै खोट भएकाले मधेशी मोर्चा देशलाई कसरी अराजक, द्धन्द्धमा राखिराख्न सकिन्छ भनेर विभिन्न बहानाबाजी गरिरहेको उनले बताए ।
वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिने उनले स्पष्ट पारे ।
मधेशी नेताहरुको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको बताउँदै उनले भने, मोर्चा नेताहरु मौका परे संविधानसभा आउने भत्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिड्ने दोहोरो चरित्रको अत्य गर्नुपर्छ । मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सदभावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिने उनले स्पष्ट पारे ।
निर्वाचनका सवालमा अहिले अनेकौ खालका गतिविधि भइरहेको बताउँदै नेता राईले निर्वाचन तोकिएको मितिमा सम्भव रहेको र गर्नुपर्ने बताए । मधेशी जनता निर्वाचनको पक्षमा भएको बताउँदै केहि मधेशी नेताले नचाहाँदैमा निर्वाचन नरोकिने बताएका छन् ।
सरकार स-साना कुरामा अल्झेर संविधान कार्यान्वयनमा ईमानदार नभएको उनले बताए । वर्तमान सरकाले प्रमुख विपक्षी एमालेलाई वाईपास गरेर राप्रपाजस्ता स-साना पार्टीलाई सरकारमा सामेल गराएर तालमेल गर्नुको उद्देश्य सत्ता केहि दिन र महिना दिन भएपनि टिकाउने खेल मात्र गरेको दावी गरे ।
सरकार साँच्चिकै संविधान कार्यान्वयनमा ईमानदार भए प्रतिपक्षी दलसँग सहकार्य गर्नुपर्नेमा त्यो नभएको उनले बताए । सरकारले जतिसुकै तानतुन गरेपनि सरकार केहि दिन केहि महिनामात्र टिक्नेसमेत बताए । परिस्थितिलाई सही ट्रयांकमा ल्याउन सरकारले बाटो छोड्नुपर्छ, उनले भने ।
संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नसक्ने बताउँदै एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गरे । वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोपसमेत लगाएका छन् ।
काग्रेस र माआवादीबीचको सहमतीअनुरुप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकि रहेको अवस्थामा विगतमा सरकार गठनपूर्व सरकारले ब्यक्त गरेका प्रतिबद्धताअनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा ईमानदारीता नदेखाएको बताए ।
उनले वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेको बताउँदै निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागेको बताए ।
एमालेको सामाजिक एकता तथा राष्ट्रियताको जगमा उभिएर अविचालीत रुपमा एमाले एकढिक्का हुँदै आएको बताए । एमालेले संविधान कार्यान्वयनको लागि चार महिना अभियान सम्पन्न गरेको छ, उनले भने, एमालेले गत २१ फागुनबाट सूरु गरेको मेची महाकाली अभियान पूर्ण रुपमा सफल भइरहेको छ ।
-dinik nepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment