Tuesday, March 21, 2017

बालुवामा बुद्धको पाइला देखेर किन छक्क प-यो यो ज्योतिषी ?

बालुवामा हिँड्दा तथागतको पाइला बन्दै गएको थियो । यी पाइलाका निशान सुन्दर थिए । त्यतिखेरै बुद्धका शिष्यहरूले एक रुख देखे । सबैजना रुखमुनि पुगेर आराम गर्न थाले ।
त्यतिखेरै त्यहाँ एकजना ज्योतिषी आइपुगे । उनी त्यही बाटो हिँडेर घर जाँदै थिए । उनले बालुवामा बुद्धको पाइला देखे । पाइला हेरेर उनी छक्क परिरहेका थिए ।
ती ज्योतिषीले जिन्दगीमा यस्तो पदचिह्न देखेका थिएनन् । चक्रवर्ती सम्राट्को यो पदचिह्न पछ्याउँदै जाँदा उनले एक संन्यासी अर्थात् बुद्धलाई पो भेटे ।
बुद्धको मुहारमा दिव्य चमक थियो । ज्योतिषीले बुद्धलाई हात जोडेर निवेदन गरे, ‘हजुरको पाइतालामा भएको पद्म अति दुर्लभ हो । हजारौं वर्षमा कुनै एक भाग्यशालीमा यस्तो चिह्न देखापर्छ । ज्योतिषविद्याका अनुसार हजुर त चक्रवर्ती सम्राट् हुनुपर्ने हो । तर …?
यो सुनेर भगवान् बुद्ध हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंको ज्योतिषविद्या सही हो । तर अब म सबै बन्धनबाट मुक्त भइसकेको छु ।’
तपाईंले सम्पूर्ण बन्धनबाट छुटकारा पाएपछि कुनै ज्योतिषविद्याले काम गर्दैन

Monday, March 20, 2017

यसरी भयो खुकुरी हानाहान (Khoj Khabar) ... हेर्नुस भिडियो

यसरी भयो खुकुरी हानाहान (Khoj Khabar) ... हेर्नुस भिडियो

कुशेश्वर महादेव मन्दिरको महिमा र उत्पत्ति प्रसङ्ग साथै किम्बदन्ती

एजेन्सी । काठमाडौँको हनुमानढोकाबाट १८ कोश पूर्वमा धार्मिक एवं साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मनोरम आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर रहेको छ । तथापि प्रचार एवं सम्बन्धित निकायको बेवास्ताका कारण सो स्थान ओलमै परेको छ ।

निर्माणधिन बनेपा-सिन्धुली-बर्दिबास बीपी राजमार्ग सोही स्थानहुँदै गएकाले पर्यटकीयस्थलको रुपमा विकसित हुँदैगएको कुशेश्वर महादेवका बारे हिमवतखण्डमा विस्तृत व्याख्या गरिएको पाइन्छ । हिमवतखण्डमा सो क्षेत्रको वर्णन गरिएको आधारमा पनि कुशेश्वर महादेव क्षेत्रलाई एउटा महान् तीर्थस्थल धार्मिक आस्थाको केन्द्र र साँस्कृतिक धरोहरको रुपमा लिनसकिन्छ ।


भोटेकोशी इन्द्रावती सुनकोशी चौंरीखोलालगायत असंख्य हिमाली पहाडी खोला छाँगाछहरा समेटेर पूर्व बगेकी पवित्र सुवर्णकौशिकी अर्थात् सुनकोसीमा मिसिन पुगेकी रोशीखोला लीलावती रोहमतीको दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ ।
काठमाडौँबाट ८३ किलोमिटरको दूरीमा रहेको दुम्जा फाँट रामेछाप काभ्रे र सिन्धुली जिल्लाको संगमस्थल पनि हो । उक्त फाँट अन्न भण्डारको रुपमा पनि चिनिन्छ । सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाउँ विकास समितिको वडा नं. २ र ४ मा पर्ने नेपालथोक उपत्यकामा आदिलिङ्ग कुशेश्वर महादेवको अलावा दुर्गाघाट विश्वामित्र ऋषिले तपस्या गरेको विश्वामित्र गुफा प्रसिद्ध खैरेनीघाट मनोरम गजुलीदहलगायत ऐतिहासिक एवं धार्मिक स्थलहरु रहेको छ ।
साहित्यकार शंकर कोइरालाले आपुनो प्रसिद्ध सामाजिक उपन्यास खैरेनीघाटमा यसै क्षेत्रको मेलापर्व सामाजिक परिवेश जातिको रहनसहनलाई समेट्नुभएको छ ।


हिमवत्खण्डमा वर्णित ६४ लिङ्गहरुमध्ये सबैभन्दा पहिला दर्शन गर्नुपर्ने आदिलिङ्ग कुशेश्वर भएको बुद्धिजीवी एवं समाजसेवी अर्जुनकुमार खड्का बताउनुहुन्छ । हिमवत्खण्डका अनुसार ब्रम्हाजीले विश्वसृष्टिको लागि तपस्या गर्दा उत्पन्न भएको लिङ्ग भएकाले यसलाई आदिलिङ्ग भनिएको हो । बुद्धिजीवी एवं समाजसेवी खड्का आदिलिङ्ग कुशेश्वर एक परिचयु पुस्तकमा लेख्नुहुन्छ-शुम्भ-निशुम्भ नाम गरेका दैत्यले पनि यस क्षेत्रमा धेरैकाल तपस्या गरेर शिवजीको बरदान पाई त्रिलोक विजय गरेको तथ्य पनि हिमवत्खण्डबाट उद्घाटित हुन्छ ।


शुम्भ-निशुम्भद्वारा पराजित भएका देवताहरुले ब्रम्हाजीसमेत भएर कुशेश्वर आदिलिङ्गको समीपमा आई देवीको आराधना गर्दा स्वयं अष्टादश भुजा जलदेवी प्रकट भई देवताहरुको दुःख हरण गर्ने आश्वासन दिइएको र राक्षसहरुको वध गरी देवताहरुको उद्धार गरेको पनि हिमवत्खण्डमा उल्लेख छ । त्यसैले दुर्गा तीर्थको रुपमा पनि कुशेश्वर क्षेत्रलाई महत्वपूर्ण मानिन्छ ।

उत्पत्ति प्रसङ्ग
स्थानीय वासिन्दाहरु कुशेश्वर महादेवलाई धार्मिक आस्थाको केन्द्रविन्दुका रुपमा लिन्छन् । हिमवत्खण्ड उप-पुराणमा कुशेश्वर महादेव उत्पत्तिका बारे विभिन्न व्याख्या गरिए पनि कुशेश्वर महादेवको उत्पत्तिका बारे स्थानीय भक्तजनहरुमा विभिन्न किम्बदन्ती पाइन्छ । अलिखित तर जनश्रुतिका रुपमा यस्ता जनविश्वास र किम्बदन्तीहरु पुस्तामा सर्दैआएको पाइन्छ । परापूर्व कालमा एउटा व्याधा वनमा शिकारको खोजी गर्दागर्दै रातपरेपछि बाघ सीहलगायत वन्यजन्तुको डरले बेलको बोटमा चढ्न पुगेछ ।

बस्न सजिलो बनाउँने क्रममा बेलको हाँगा भाँचिएर ढुङ्गामाथि झरेछ । वन्यजन्तुको आवाज र रुखबाट खसिने डरले त्यो व्याधा रातभर सुत्न सकेन छ । वेलको फेदमा कुशेश्वर महादेवको मूर्ति रहेको त्यस व्याधालाई थाहा थिएन संयोगवस त्यो दिन शिवरात्री परेकोले बेलापत्रको अर्पण पुन्यले गर्दा उनलाई कुशेश्वरनाथबाट दर्शन मिलेछ । दर्शनको पुन्यबाट व्याधाको अज्ञान र दुव्र्यसन हट्न पुग्छ ।

शिकारी शिवको भक्त बन्न पुग्छ । सोही शिवभक्तले जङ्गगल फाँडी मन्दिर बनाएर प्रचार-प्रसार र नित्यपूजा गर्नथाल्यो भन्ने जनश्रुति जनमानसमा रोचक कथा भएर अझै रहेको छ । काठमाडौं जाने-आउने पूर्वका अधिकांश बटुवाहरु दुम्जाहुँदै हिँड्ने गर्थे । बटुवाहरु बास बस्ने क्रममा बेलको बोट मुनी बसेछन् ।

एउटा गाडिएको ढुङ्गो भएको ठाउँमा दुईवटा अरु ढुंगा राखेर चम्का बनाई भात पकाउन थालेछन् । भात पकाइरहेको बेला गाडिएको ढुङ्गो हल्लिएर भात पोखिएछ । बटुवाले रिसाएर पन्युले चम्कामा हिर्काउँदा चम्का चोइटिएर रगत बगेछ । त्यसपछि बटुवाले महादेव पो रहेछन् भनी पूजा थालेको िकंबदन्ती छ । परापूर्व कालमा सो क्षेत्रमा कुशको घारी थियो । महादेवको आश्रय रहेको सो क्षेत्रको जङ्गलमा गोठालाहरुले गाई चराउने गर्थे ।

एक जना किसानको कैली गाईले फाँचो ठूलो हुँदाहुँदै पनि दूध नदिएपछि कैली गाईको दुध कसले खान्छ भनेर जङ्गलमा गाईको चियो गर्न गएछन् । गाई जङ्गलमा जानासाथै कुश घारीमा दौडिएर गई चारै थुनबाट दूधको धारा झारिरहेकी गोठालाले देखे । त्यसपछि गोठालाहरु मिलेर त्यो ठाउँमा खनेर हेर्दा शिवलिङ्ग फेला पारेको िकंबदन्ती पनि छ ।


शिवलिङ्गको माथिल्लो भागमा केही काटिएको तथ्यलाई आधार बनाइएका िकंबदन्ती पनि सुन्न पाइन्छ । तर इतिहासकारहरुका भनाईनै बढी प्रामाणिक मान्न सकिन्छ । इतिहासकारहरुका अनुसार आजभन्दा छ सय वर्षअघि एक जना मुस्लीम ुसमसुद्दिनु भन्नेले नेपाल प्रवेश गरी हिन्दू मन्दिरहरु भत्काएका थिए ।

त्यही क्रममा सुनकोसीको बाटो भएर आउँदा दुम्जामा रहेको कुशेश्वर महादेवको लिङ्गलाई तरवारले काटेका हुन् । कुशेश्वर उत्पत्तिलाई किम्बदन्तीहरुले विभिन्न प्रकारले व्याख्या गरेको पाइन्छ । तर हिमवत्खण्डको अ.८९ श्लोक ६० कथनअनुसार ब्रम्हाले विश्व श्रृष्टिका लागि तपस्या गर्दा उत्पन्न िलंगनै आदिलंङ्ग हो । हिमवतखण्डअनुसार दुम्जा बेसीस्थित सुनकोशी र रोसीको सङ्गमलाई दुर्गातीर्थ भनिन्छ ।

आदिलिङ्ग कुशेश्वरनाथको पूजा दर्शन र हवन गरेमा तथा पितृहरुको श्राद्ध गरे २१ पुस्तादेखिको सबै पापबाट मुक्त भइन्छ भन्ने हिमवतखण्डमा लेखिएको छ । कौशिकीको स्नानपछि कुशेश्वरको सेवा अर्चनाबाट कुष्टरोग निको भई विरुपाक्ष पशुपतिनाथको दर्शनार्थ गएको हिमवत्खण्डमा उल्लेख छ ।ब्रम्हर्षि विश्वामित्रको गुफा अद्यपि कुशेश्वर क्षेत्रमा देखिन्छ ।

सुनकोसीको किनारैमा विश्वामित्रले तपस्या गरिएको भनिएको गुफा छ । नेपाल सम्वत् ८९१ मा भक्तपुरे राजा जगज्जय मल्लले कुशेश्वरनाथको भक्तिभावले राज्य िसंहासन पाएको कथन पाइन्छ । राजा भएपछि जगज्जय मल्लले कुशेश्वर महादेव मन्दिरमा पूजा चलाउन दण्डी बाबामार्फत् झाँगाझोली खहरेको ५६० मुरी खेत सिमले बुँ र फलफूल बारीको व्यवस्था गरिदिएको इतिहासमा उल्लेख छ ।


राजा जगज्जयले झगझोली सन्यासी गाउँको बारी र पाखोसमेत गुठी राखी ताम्रपत्रसमेत गरी दिई सो ताम्रपत्र बमोजिमको गुठी कमाई नीत्यपूजा चलाउन गिरी खानदानका बाजे बलभद्र गिरीलाई जिम्मा लगाई दिएका थिए । विक्रम सम्वत् १८६२ मा ५०० मुरी खेत रेकर्ड भयो । वि।स। १९१३ मा २२० मुरी खेत सुनकोसीले बगायो ।


भूमिसुधारको समयमा फलफूल बारी वलभद्र गिरीका सन्तानले आफ्नो नाममा दर्ता गरे । अहिले झाँगाझोली गुठीखेत १४० मुरी बाँकी रहेकोमा हाल नदीकटानबाट खेत २२० मुरीमध्ये केही खेती भइरहेको छ । कुशेश्वर महादेवस्थान संरक्षण समितिका अध्यक्ष पुण्यप्रसाद कोइरालाका अनुसार झांगझोलीका २१ मोहीले सात वर्षदेखि कुत तिरेका छैनन् ।

कुशेश्वर महादेवको नाममा झांगझोलीका ११ रोपनी ६ आना बारी पिठौलीडाँडा आवाद रहेको छ भने करिव २० रोपनी खेत रहेको छ । यसबाहेक भक्तपुरका मल्ल राजाले ढुङ्गाको खम्बामाथि ढुङ्गाकै वसाहा राखी कुशेश्वर महादेवस्थानमा अर्पण गरेका थिए । उनले चाँदीका मुकुट र गहना चढाएका थिए ।


यो इतिहास शिलालेख शिलापत्रमा देखिन्छ । यसरी तिनै राजाले मन्दिरको वरिपरी गिर्जा क्याम्पा र सानो धर्मशाला पनि बनाएका थिए । वि।स। १८३६ मा शाहवंशीय श्री ५ राजेन्द्र लक्ष्मी देवी शाहले ुश्री कुशेश्वर नाथमा दुमजेश्वरीु अङ्कित चाँदीको बेलपत्र र धुतुरा पुण्यको माला पनि चढाएको शिलालेखमा उल्लेख छ ।

श्री ५ पृथ्वीवीर विक्रमकी बुबुधाई दुम्जाकी विर्तावाला जनककुमारीले वि।स। १९४५ मा रुद्राक्षको माला जडिएको चाँदीको ठूलो चढुवा तामाको जलहरी चढाई एउटा धर्मशाला बनाइन् । त्यसैगरी वि।स। १९९६ मा श्री १०८ परहंस बाबा गोपाल दास तीर्थाटन गर्दै कुशेश्वर महादेवस्थान दुम्जा आइपुग्नुभयो ।

उहाँले वेवारिसे अवस्थामा रहेको झाँगाझोलीको गुठी सुधार गरी दुम्जामानै ६० मुरी खेत गुठीको व्यवस्था गर्नुभएको थियो । मन्दिरको जिर्णोद्धार यज्ञशालाको निर्माण बगैचाको व्यवस्था पूजारी र बगैचा सुसारेको बन्दोबस्त गरीदिनु भयो । उहाँले नै शिवलिङ्ग मुनि ढंुगाका खापैखाप लागेको जलहरी भएको कुरा मन्दिरको जिर्णोद्धारको समयमा पत्ता लगाउनुभयो ।

भिक्षाटन गरेर एउटा यज्ञशाला शिव सरस्वती मन्दिर वटुक भैरवको तीन पाखे पर्खाल बनाई दिनुभयो । त्यसपछि रुद्र महायज्ञ गराई आफ्ना चेलानारायण दाशलाई मठ जिम्मा लगाई वि।स। २०१८ मा समाधिस्थ हुनुभयो ।आजभन्दा लगभग चार सय वर्षअघि दुम्जामा बसोवास गर्ने दगु डंगोल परिवारको कुल देवता कुशेश्वर महादेव भएकोले पनि दुम्जा वसोवासको हिसावले पुरानो वस्ती हो भन्ने थाहा लाग्छ ।

राजा महेन्द्र मल्लको पालामा दुम्जाबाट काठमाडौँ ि´काई पशुपतिलगायत गुठीका जग्गा नाप्न लगाएपछि नै उनीहरुलाई डंगोल भन्न थालिएको इतिहासमा उल्लेख छ । त्यसपछि काठमाडौँमा नै मौजा दिएर राखिएका डंगोलहरुले टेकू मतुलीमा कुशेश्वर महादेव मन्दिरको स्थापना गरी पूजाआजा गर्दैआएका छन् ।
उनीहरुले कुशेश्वर महादेवलाई कूल देवताका रुपमा मान्दैआएका छन् ।

डंगोलहरुले कुशेश्वर महादेवस्थान दुम्जाको विकासमा चासो पनि राख्दै आएका छन् । कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठान २०५७को गठन गरी डंगोलहरु कुशेश्वर महादेव दुम्जाको विकासमा गुरुयोजना बनाएर लागेका छन् । काठमाडौंमा रहेका दुम्जालीहरुको सहयोगमा मन्दिरमा सौर्य ऊर्जाको पनि व्यवस्था गरिएको छ ।

यो महान् धार्मिकस्थलमा शिवरात्री वालाचतुर्दशी तीज ठूलो एकादशी रामनवमी कृष्ण जन्माष्टमी र पौषे श्राद्ध तर्पणमा हजारौं भक्तजन नरनारीहरुको ईश्वर दर्शनादिका लागि मेला लाग्छ ।सो क्षेत्रमा काठमाडौँ बनेपा धुलिखेल पनौति साँखुलगायत ठाउँबाट भक्तजनहरु जाने क्रम बढेको छ । घुमघाम अध्ययन भ्रमण धार्मिक आस्था पिकनिकलगायत उद्देश्यले कुशेश्वर महादेव क्षेत्र नेपालथोक गजुलीदह आँपघारी पुग्नेहरुको सुविधाका लागि होटल र लजहरुको समेत व्यवस्था भएको पाइन्छ ।
दोलालघाटबाट सुनकोसीमा जलयात्राको मजा लिँदै पनि कुशेश्वर महादेवस्थान पुग्न सकिन्छ । आन्तरिक पर्यटनको हिसावले पनि महत्वपूर्ण रहेको दुम्जा यात्राका क्रममा माछा पारखीका लागि सुनकोसीका रसिला माछाको स्वादले लोभ्याउनेनै छ । कुशेश्वर महादेव मन्दिरसम्म अहिले कालोपत्रे मोटरबाटो पुगीसकेको छ । कुशेश्वर महादेव मन्दिरबारे थप जानकारी चाहिएमा क्लिक गर्नसक्नुहुन्छ ।
Kuleswor

Sunday, March 19, 2017

गोलभेडाले गर्छ धुम्रपानले गरेको असरलाई कम- जानौँ अन्य फाइदा

गोलभेडा भनेको यस्तो तरकारी/फलफूल हो, जसलाई विश्वभरी नै प्रयोग गरिन्छ। जस्तोसुकै खानामा पनि गोलभेडालाई प्रयोग गर्न मिल्दछ। यसलाई काँचै खान पनि सकिन्छ भने पकाएर, सुप बनाएर अथवा जुस बनाएर पनि प्रयोग गर्न सकिन्छ।

विश्वभरी करीब २५ हजार प्रजातीका गोलभेडा पाइन्छन् र चिकित्साक्षेत्रमा पनि गोलभेडालाई पोलेको, जलेको अनि काटेको घाउलाई राहत प्रदान गर्नको लागि प्रयोग गरिन्छ। साथै यसको नियमित तर नियन्त्रित सेवनले क्यान्सरको खतरालाई समेत टाल्न सक्दछ भने मुटुको स्वास्थ्यमा समेत सुधार ल्याउँदछ। यसले हाम्रो छाला, कपाल, नङ् र हाडजोर्नीलाई समेत बलियो बनाउँदछ।

गोलभेडाको स्वास्थ्य फाइदाको कुरा गर्ने हो भने थुप्रै छन्, किनभने यसमा प्रशस्तै पौष्टिक तत्व अनि खनिज पदार्थहरू पाइन्छन्, तर प्रायःलाई यसको बारेमा जानकारी नभएकोले यसलाई ‘त्यति मन नपराइने खानेकुरा’को रूपमा चिनिन्छ।

गोलभेडाका स्वास्थ्य फाइदाहरू यस प्रकार छन्ः

१. मुटु र रक्तसञ्चारको लागि फाइदाजनक

गोलभेडामा ‘पोटासियम’ नामक खनिज पदार्थ पाइन्छ, जसले हाम्रो रक्तनसा र मांशपेसीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमीका खेल्दछ। यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँदछ भने रक्तचापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्दछ। साथै यसले मृगौलाको फोहोर पदार्थ छान्ने प्रक्रियामा समेत सहयोग पुर्याउँदछ।

गोलभेडाको आकार, गुणस्तर र पाकेको/नपाकेकोले त्यसमा रहेको पोटासियमको मात्रामा फरक पर्दछ, त्यसैले अत्याधिक मात्रा पोटासियम चाहनुहुन्छ भने राम्रोसँग पाकेको गोलभेडालाई यत्तिकै खानु उचित हुन्छ।

२. हामीलाई स्वस्थ देखिन र महशुस गराउन मद्दत गर्दछ

गोलभेडामा भिटामिन-सी, भिटामिन-ए र बेटा-क्यारोटिन नामक एण्टिअक्सिडेन्टहरू पाइन्छन्। यी एण्टिअक्सिडेन्टले फ्रि राडिकलद्वारा क्षय भएका हाम्रा कोषहरूलाई निको बनाउने काम गर्दछ।

यसले हामीलाई स्वस्थ महशुस गराउनुको साथै हामीलाई सुन्दर अनि आकर्षक देखिन पनि मद्दत गर्दछ। जस्तै; यसले हाम्रो कपाललाई चम्किलो र बलियो बनाउँदछ भने हाम्रो आँखाको शक्तिमा पनि सुधार ल्याउँदछ, साथै छालालाई पनि नरम बनाइराख्दछ।

३. दाँत र हाडजोर्नीको लागि फाइदाजनक

मानवशरीरमा प्रचुरमात्रामा क्याल्सियम पाइन्छ। तर १% क्याल्सियम शरीरका रक्तनसा, मांशपेसी र स्नायू प्रणालीले प्रयोग गर्दछ भने बाँकी ९९% क्याल्सियम हाडजोर्नी र दाँतले राख्दछ। मानिसको उमेर जति बढ्दै गयो, दाँत र हाडले पनि उत्ति नै बढि क्याल्सियम लिन थाल्दछ।

क्याल्सियम पाइने अर्को श्रोत भनेको दूध पनि हो, तर दूधले अधिकांशलाई एलर्जी अथवा ग्यास्ट्रिकको समस्या गराउने हुनाले दाँत र हाडजोर्नी बचाउनको लागि गोलभेडा खानु सबैभन्दा राम्रो उपाय हुन जान्छ।

४. मधुमेहको लागि अति नै फाइदाजनक

गोलभेडामा पाइने अर्को खनिज पदार्थ हो- क्रोमियम, जसले हाम्रो शरीरको इन्सुलिनको मात्रालाई ह्वात्तै बढाउँछ र रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहज बनाउँछ। त्यसैले मधुमेहलाई नियन्त्रण र रोकथाम गर्ने उपाय मध्ये पाकेको गोलभेडालाई यत्तिकै खानु पनि पर्दछ।

५. धुम्रपानले पुर्याएको क्षतिलाई सञ्चो गराउँछ

चुरोटमा पाइने ‘कार्सिनोजेन्स’ले हाम्रो फोक्सो र स्वासनलीलाई असर गर्दछ भने गोलभेडामा पाइने ‘कौमेरिक एसिड’ र ‘क्लोरोजेनिक एसिड’ले उक्त असरलाई निको गराउँदछ। यो एक प्रकारको एण्टिअक्सिडेन्ट हो जसले शरीरको आन्तरिक अङ्गमा हुने जलन र पीडालाई कम गराउँदछ।

६. काटेको र पोलेको ठाउँमा राहत

धारिलो हतियारले काटेको अथवा आगो (तातो वस्तु)ले पोलेको ठाउँमा असाध्यै जलन भएको छ एकैछिनमा राहत पाउन चाहनुहुन्छ भने, पाकेको रातो गोलभेडा निचोरेर पोलेको भागमा लगाइदिनुहोस्। यसमा पाइने एण्टिअक्सिडेन्टले जस्तोसुकै जलनलाई पनि राहत दिने काम गर्दछ।
महत्वपूर्ण नोटः

पाकेको फलफूल तथा सागसब्जीमा अरूमा भन्दा बढि ब्याक्टेरियाले सङ्क्रमण गर्ने सम्भावना हुन्छ। त्यसैले गोलभेडा किन्दा राम्रोसँग हेरेर नकुहिएको, नगिल्थिलिएको, घाउचोट नलागेको छानेर मात्रै किन्नुहोला।

-Nepali Headlines

ईपीएसको जान्नैपर्ने १५ खराब पक्षहरु

उदय राई – हाल कोरियामा प्रवासी मजदुरहरु लगभग १० लाख छन् | यी प्रवासी मजदुरहरु बिभिन्न प्रणालीबाट कोरियामा आएर मजदुरी गरिरहेको छन् | यो मध्ये दक्ष अदक्ष सबै मजदुर पर्दछन | कोरियाले २००४ देखी रोजगार अनुमति प्रणाली लागु गरेर एसियाको १६ देशबाट अदक्ष मजदुरहरु ल्याइरहेको छ | यो प्रणालीबाट आउनको लागि कोरियन भाषा परिक्षामा उतिर्ण हुनुपर्ने छ | यसरि भाषा उतिर्ण गरेको प्रवासी मजदुर कोरियन श्रम मन्त्रलयले तोकेको कोटा भित्रबाट कम्पनीले छनोट गरि सम्झौता पत्र पठाएमा उक्त कम्पनीमा आइ तोकिएको अवधिसम्म मजदुरी गर्न पाउने छन |
प्रवासी मजदुर पठाउने र लिने देशको सरकारको सम्बन्धित विभागले प्रवासी मजदुर पठाउने सबै प्रक्रिया पुरा गर्दछ |कोरियन कम्पनीबाट छनोट भएको प्रवासी मजदुरले तोकिएको न्युनतम रकम भन्दा बढी तिर्न पर्ने छैन | कोरियन मजदुर कानुन समान रुपमा लागुहुने छ भनिएको छ | इपीएसको सबभन्दा राम्रो पक्ष यहि हो | यो नियमको सराहना सबैले गर्नुपर्छ | यसको राम्रो पक्षलाई मात्र सम्झेर हामीले यसको नराम्रो पक्षलाइ वास्ता गरिरहेको छैनौ |
इपिएसको नराम्रो पक्ष पनि धेरै छन् | ती के के हुन् त ? यहाँ बुँदागतरुपमा ब्याख्या गरिएको छ |
१) सम्पूर्ण अधिकार कम्पनी मालिकमा नीहित छ ( प्रवासी मजदुरको नियुक्तिदेखि अवकाससम्म ) |
२) शुरुमा ३ वर्ष भन्दा बढी काम गर्न पाइदैन | १ वर्ष १० महिनाको अवधि कम्पनीले नचाहेमा थप हुदैन |यो अवधि बढाउनकोलागि कम्पनी मालिकको सधै आज्ञाकारी मजदुर जुनु पर्नेछ | १ वर्ष १० महिनाको थप अवधि बढाउन कम्पनीलाइ बाध्य गराउन सकिने छैन |
३)कम्पनीमा काम गार्हो भयो ,वा बिरामी भएर काम गर्न सकिएन वा आफुलाई त्यो काम मन परेन वा कम्पनीको तलब सेवासुबिधा राम्रो लागेन ,कम्पनीमा सुरक्षित तरिकाले काम गर्ने व्यवस्था छैन | यसै कारणले कम्पनी परिबर्तन गर्न चाहेको खण्डमा कम्पनीले परिबर्तन गर्ने अनुमति दिएन भने आफु खुशी कम्पनी परिबर्तन गर्न सकिदैन | बिना कारण कम्पनी परिबर्तन गर्नकोलागि अनुमति दिन बाध्य गराउन सकिने छैन | सम्झौता गरिएको अवधिसम्म काम गर्नुपर्ने हुन्छ | सो अनुसार काम नगरे वा काममा ५ दिनसम्म उपस्थित नभए भिषा रद्द गरिदिने( अबैधानिक बनाइ दिने ) अधिकार कम्पनीलाई छ |
जबरजस्तीकाम नगरेमा कोरियन कामदार र मालिकले घर फर्काइ दिने भनि धम्कि दिने गर्छन |रोजगार केन्द्रमा आफ्नो समस्याको सुनुवाई होलाकी भनेर गए पनि काम गर्न आएको गएर त्यहि काम गर भन्ने जवाफ धेरैले सुन्नु भएकै होला | त्यहाँ पनि कुनै सुनुवाई हुदैन त्यहाँ कर्मचारीले सहुकै समर्थन मात्र गर्छन ,जसले गर्दा कम्पनीको दबाबमा जबर्जस्ति काम गर्नु पर्ने हुन्छ | सेवा सुविधा तलब राम्रो नदिने ,भेदभाब गरेपनि सहनुपर्ने अनि अनेकौ अप्रिय घटना घट्ने साथै बिभिन्न शारीरिक समस्या आउने गर्छ | कम्पनीको बिना अनुमति स्वतन्त्र रुपमा परिबर्तन गर्न पाउने कानुन लागु गराउन सकिएमा ७०/७५ प्रतिसत प्रवासी मजदुरको समस्या समाधान हुने एक अध्ययनले जनाएको छ |

४) कम्पनीले चाहेमा बिना कारण जुनसुकै समयमा निस्कासन गर्न पाउछ |
५) कम्पनीबाट निस्कासन भएको मजदुरले आफुले चाहेको कम्पनी छनोट गर्ने अधिकार छैन | आफूखुसी आफुले चाहेको कम्पनीमा काम गर्न पाइदैन |
६) कम्पनी परिबर्तन गरेछि काम खोज्ने अवधि ३ महिना मात्र दिइन्छ |
७ ) यदि कम्पनी मालिकले कम्पनी परिवर्तन गर्ने अनुमति दिएमा पहिलो ३ बर्षमा ३ पटक र पछी १० वर्ष १० महिनाको अवधि थप भए पछी २ पटक मात्र कम्पनी परिबर्तन गर्न पाइने छ |
८ ) लगातार ४ बर्ष १० महिना भन्दा बढी काम गर्न पाइदैन | जसले गर्दा विभिन्न अधिकारबाट बन्चित हुने छौ |
९ ) कम्पनी परिबर्तन गरेकोले सिबिटी नदिई आउन पाइदैन | ३ वर्ष भन्दा घटी अवधि काम गरेकोले सिबिटि दिन पाइदैन |
१० )आफ्नो परिवार झिकाउन पाइदैन |
११ ) मानिस ७० /८० बर्षसम्म काम गर्न सक्छ तर प्रवासी मजदुरलाई ४० बर्षपछि काम गर्न सक्तैन भनेर काम गर्ने योग्य सुचीबाट हटाईन्छ |
१२ ) कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाइदैन भने कृषि क्षेत्रको मजदुरलाई पूर्णरुपमा मजदुर कानुन लागु हुदैन |
१३) थेजिकगुम पाउनकोलागि कोरिया छोड्नुपर्ने हुन्छ | यो गम्भीर भेदभाब हो |
१४) मजदुर कानुन पूर्ण रुपमा लागु हुदैन |
१५) ४ वर्ष १० महिना १ कम्पनीमा लगातार काम गरेपनि कम्पनी साहुले फेरी ल्याउन नचाहेमा सिधै आउन पाइदैन | सिबिटि पिबिटि मार्फत मात्र आउनुपर्ने हुन्छ | यसको अर्थ यो होकी प्रवासी मजदुरहरु जस्तो सुकै गार्हो काम ,सेवासुबिधा र कम्पनीको काम गर्ने स्थितिको अवस्था नाजुक भए पनि सहेर काम गर भन्ने हो | कम्पनीमा साहुसंग सेवा सुविधाको लागि माग गर्ने कामदारलाई अर्कोचोटी कोरिया बोलाउदैनन |
मजदुर सबैलाइ एउटै नियम कानुन लागु हुनुपर्ने भए पनि कोरियामा स्वदेशी मजदुर र प्रवासी मजदुर बिच भेदभाब हुने गर्दछ | ईपीएसका यिनै नकारात्मक पक्षहरु भएका कारण कोरियाका मजदूर संगठनहरुले कार्य अनुमति प्रणालीको माग गरेका हुन् | प्रवासी मजदुरलाई पनि ३ अधिकार लगायत स्वतन्त्र रुपमा कम्पनी परिवर्तन गर्ने र छनोट गर्ने अधिकारको प्रत्याभूति माग गर्दै आन्दोलन गरिरहेका छन् |
उनीहरुले प्रवासी मजदुरलाई स्वतन्त्र रुपमा जति पटक पनि कम्पनी परिबर्तन गर्न पाउने कानुन बनाउन , कम्पनी छनोट गर्न पाउने , लामो अवधि ( लगातार ५ वर्ष भन्दा बढी ) सम्म काम गर्न पाउने , परिवार झिकाएर सबै बस्न पाउने , ४० वर्ष उमेर नाघेपछि पनि काम गर्ने पाउने , कार्य क्षेत्र परिबर्तन गर्न पाउने , थेजिक्गुम कोरियामै पाउने लगाएतको कानुन बनाउन ,इपीएसको नराम्रो पक्ष हटाउन बिभिन्न कार्यक्रम तय गरेर सरकारलाई दबाब दिईरहेका छन् |
आफ्नो हक अधिकारको ग्यारेन्टी गर्न प्रवासी मजदुर संघ एमटियु ,केसीटियुमा एकजुट भइ सुधारकोलागि संघर्ष गरौ | माथिको नराम्रो पक्षहरु हटाउन एकजुट भइ प्रवासी मजदुर स्वयम संघर्ष गर्नुको विकल्प छैन |
त्यसो त हामीलाई बिभिन्न आरोप पनि लाग्ने गरेको छ | केहिले एमटियु इपिएसको बिरोधि हो भनेर पनि भन्ने गरेका छन् | यो इपिएस खारेज गर्न चाहन्छ , इपिएस खारेज भयो भने प्रवासी मजदुर आउने बाटो बन्द हुनेछ ,भाषा परिक्षा दिएर आउने नियम हुदैन | भाषा परिक्षा दिने नियम खारेज भयो भने मानब शक्ति केन्द्रबाट धेरै पैसा तिरेर आउनुपर्छ | गरिब निम्न बर्गको मजदुरहरु आउन पाउदैनन | एमटियु कुनै दलालबाट संचालित छ भन्ने भ्रम छ |
तर मित्रहरु यसरी भ्रमित नहुनुहोस | एमटियुको माग इपिएसको नराम्रो पक्षको सुधार हुनुपर्छ भन्ने हो | कोरियामा प्रवासी मजदुर सम्बन्धि जुनसुकै नीति नियम लागु भए पनि सम्बन्धित देशबाट आउने ब्यबस्था अहिलेको भाषा परिक्षा नै हुनुपर्छ भन्ने माग हो एमटियुको हो | त्यसकारण सबै प्रवासी मजदुर मित्रहरुले एमटियु प्रतिको भ्रम हटाउन आग्रह गर्दछौ | एमटियुले कोरिया भित्र प्रवासी मजदुरलाइ लागुहुने नराम्रो कानुनको मात्र बिरोध गर्दछ | सबै मित्रहरुलाई एमटियु प्रवासी मजदुर स्वयमले स्वतन्त्ररुपमा स्थापना गरेको प्रवासी मजदुरहरुको कोरियन सरकारबाट मन्यता प्राप्त मजदुर संगठन हो | यो सबै तपाई हामी प्रवासी मजदुरद्वार संचालित छ | यसले प्रवासी मजदुरको हकअधिकारकोलागि प्रवासी मजदुरलाई सगठित गराई संघर्ष गर्ने छ | अहिलेको भन्दा राम्रो वा अहिलेको भन्दा कडा कानुन जुनसुकै कानुन बनाए पनि त्यो लागुहुने तपाई हामी सबै प्रवासी मजदुरलाइ नै हो |
–लेखक प्रबासी मजदूर युनियन (एमटियु) कोरियाका अध्यक्ष हुन् |

भारत गएर बाबुराम भटट्राईले गरे नेपालको बेइज्यत भारतबाट आयो यस्तो शनशनीपूर्ण खबर?Baburam Bhattarai.

भारत गएर बाबुराम भटट्राईले गरे नेपालको बेइज्यत भारतबाट आयो यस्तो शनशनीपूर्ण खबर?Baburam Bhattarai.

Saturday, March 18, 2017

वास्तु टिप्स: आइतबारको दिनमा भुलेर पनि मासु मदिरा को सेवन , कालो रंग पहिरन , तोरीको तेल मालिश गर्ने लगायतका कुराहरु नगर्नुहोस [ भिडियो सहित ]

वास्तु टिप्स: आइतबारको दिनमा भुलेर पनि मासु मदिरा को सेवन , कालो रंग पहिरन , तोरीको तेल मालिश गर्ने लगायतका कुराहरु नगर्नुहोस [ भिडियो सहित ]

Exactly what is a Structured Settlement ?

An organized negotiation is an arrangement in between an accident sufferer (complainant) as well as an Insurance firm (the accused) to make up the complainant by the accused with long-term routine settlements as opposed to a solitary cash money round figure.

Repayments could be customized per specific complainants should aid satisfy expenditures such as continuous clinical and also living costs, education and learning, kids need to & sustain etc 'The taken care of annuity repayments are tax-free to the complaintant an expense of living modification (COLA) feature is readily available, which could assist balance out the results of rising cost of living gradually, repayments could remain as long as the candidate lives providing him the optimum advantages.

Structured negotiations are urged by complainants' lawyers, courts, insurer and also lawmakers alike as they all concur it is the very best remedy for all worried, specifically for the claimant celebrations.

The annuity could be transformed in entire or partly to a cash money round figure from personal funds as well as the Court ought to be accepted. The funds are most thinking about these bargains as they are really successful for them due to the fact that they are lasting free of tax repayments as well as in exchange the annuity owner pays much less compared to the stated value, yet in money.

The very same funds taking care of Lotery victors long-term repayments to a round figure, along with all sort of solutions of loan versus future settlements.