Showing posts with label Featured. Show all posts
Showing posts with label Featured. Show all posts

Friday, March 17, 2017

खुट्टाले लेखेर एसइईको परीक्षा दिँदै खोटाङकी सम्झना राई

जन्मजात दुवै हात नभएर भएकी फरक क्षमताकी सम्झना राई २०७३ सालको कक्षा १० को उच्च मावि परीक्षा एसइईमा सहभागी हुँदै । उनी खुट्टाकै सहारामा लेख्ने काम गर्छिन् ।
तस्बीर युबराज रोइलाको फेसबुकबाट
-Purbeli News

Thursday, March 16, 2017

खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस्

खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस्
खाली पेट लगातार ४ दिनसम्म किशमिशको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस् । सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ ।किसकिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ।

किसमिसिको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् । किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ । रगत सफा हुन्छ । एसिडीटी कम हुन्छ । हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखा पर्नेछ । किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ ।

किसमिसको पानी बनाउने विधि
एटा प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर गरेर खाली पेट पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् । यस्तो धेरैदिन सम्म गरेर लाभ उठाउनुहोस् ।
यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई एक महिनामा लागतार चार दिन सम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन। यस्तोमा यदि चिनी अलि कम खानुपर्छ । किनभने किसमिसमा पहिलेदेखि नै मिठोपना हुन्छ।
दैनिक नेपालबाट

रुख चढ्ने बाख्राको बड्कौंलाबाट करोडपति बन्छन् किसानहरु, कारण यस्तो छ

बाँदर रुखमा चढेको त देखिएकै हो । तर के तपाईंले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देख्नुुभएको छ ?  देख्ने कुरै भएन । किनकि हामीकहाँका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् ।


तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् ।

रुखमा चढ्ने बाख्रा भनिसकेपछि विशेष नहुने कुरै भएन । अझ विशेष त यो जातको बाख्राको मल अर्थात् बर्किम्ला पो हुन्छ ।
यो जातको बाख्राको बर्किम्ला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् भन्ने सुन्दा छक्क पर्नुहोला । बाख्राको बर्किम्ला बेचेर करोडौँ कमाउने भनेपछि कतै बाख्राले सुनकै बर्किम्ला पो आची गर्दोरहेछ कि भन्नुहोला । होइन, यसले मल नै आची गर्ने हो तर त्यो मल भने विशेष हुन्छ ।

दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल उक्त बाख्राले निकै मीठो मानेर खान्छ । फल खाइसकेपछि त्यसको गुदो त बाख्राले पचाउँछ तर बिज भने पच्दैन र बर्किम्ला सँगै बाहिर आउँछ ।

किसानहरुले बाख्रो बर्किम्ला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुुट्टाउँछन् । बर्किम्लामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ । एजेन्सीको सहयोगमा
-online khabar

इतिहासमा आज : पृथ्वीनारायणले किर्तिपुरमाथि विजय प्राप्त गरेको दिन

मार्च १६ (चैत ३) मा भएका मुख्य घटना :
सन् १९६८ – अमेरिकी सेनाले दक्षिणी भियतनामको एउटा गाउँमा झन्डै तीन सय निशस्त्र सर्वसाधारण गाउँलेको हत्या गरेको थियो ।

चैत ३ मा नेपालमा भएका मुख्य घटना
विस १८६० – तत्कालिन प्रमुख सेनापति काजी दामोदर पाँडेको हत्या भएको थियो ।
विस २०४६ – पञ्चायती शासनको विरोधमा लेखक, कवि तथा कलाकारले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए ।
विस १८२२ – गोरखाका राजा पृथ्वीनारायण शाहले किर्तिपुरमाथि तेस्रोपटक आक्रमण गरी विजय प्राप्त गरेका थिए ।
– आजको नयाँ पत्रिका बाट

साहस शौभाग्यको प्रतीक, विश्वास आस्था एवम् अलौकिक शक्तिकी देवी पाथीभरा उत्पतिस्थल उत्पतिको रोचक कथा

काठमाडौं । पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवम् बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । पाथीभरालाई हामी रक्तकालीको रुपमा पनि पुज्ने गर्दछौं । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन् ।
यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवम् पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनि श्रद्धा एवम् भक्तिपूर्वक पुजा तथा आरधना गरिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ‘मुक्तुवुङ’ भनेर चिन्दछन् । लिम्बूभाषामा ’मुक्तु’को अर्थ शक्ति वा बल, ‘वुङ’को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको स्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छ । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।
आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवम् आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सय कडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ ।
तर, बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्ने थियो । त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ । आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

विश्वास आस्था एवम् अलौकिक शक्तिकी देवी
पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । ‘मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ’ भन्ने जनविश्वास रहि आएको छ ।
पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन् ।

पाथीभरा देवी उत्पतिस्थल
फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि तपाईं पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्चिमपट्टीको मुखमा फुत्त आईपुग्नुहुन्छ, त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरू साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ ।
जतिसुकै थाके पनि वुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौं लाग्दछ । कञ्चनजंघाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर जागेर आउन सक्दछ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईं स्वर्गीय आनन्दको अनुभूतिमा डुब्नुहुन्छ, भावशून्य भएर आफैं÷आफैंमा हराउनुहुन्छ ।
सायद तपाईको उत्सुकता पाथीभरा मन्दिर कसरि पुग्ने भन्ने तिर होला, दक्षिणबाट उत्तरतर्फ केही ओह्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहालीलाग्दो भीरको शिरानमा सबै श्रद्धालुभक्तजनहरूको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभराको मन्दिर अवस्थित छ । अब तपाईं देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ । यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो भगवतिको प्रतिमा हो ।
देवी दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोला । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो क्यमरामा कैद गर्ने अवसर नगुमानुहोस ।

पाथीभरा धाममा कसरी जाने ?
पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा (३७९४ मिटर) रहेकोले यहाँको तापमान हमेशा शून्यको हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न र न्यूनतमबाट जोगिन घरेलु उपचारको सामाग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू साथै लगे झनै वेश हुन्छ ।
पाथीभरा यात्राको लागि फाल्गुणदेखि कार्तिक महिनासम्मको अवधि उपयुक्त हुन्छ । झापाको बिर्तामोड बाट इलाम(फिदिम( हुँदै २७० किलोमिटर फुङलिङ मेची राजमार्गमा यात्रा गरी फुङलिङबाट सुकेटार ( तल्लो फेदी÷ उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । अन्य मार्गमा धरान बाट धनकुटा÷हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ ।
Travel, Destinations

Wednesday, March 15, 2017

दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा…

दुखी अनि दरीद्रको झुपडीमा जानुहोस्, त्यहाँ चुहिने छाना, आधा रोटी गाँस अनि सय ठाउँमा टालेको कपडाबाहेक अरू केहि देख्न पाउनुहुनेछैन। तर धनी धनाढ्य, सुखीको आलिशान महलमा जानुहोस्, त्यहाँ चम्किने भुइँ, बासना आउने टोइलेट अनि छुँदा नि फोहोर लाग्ने चिल्लो गाडि देख्नुहुनेछ। कहिलेकाहिँ त ती दरीद्रले सोँच्दोहोला कि- “हे भगवान! यो दुःखीको घैँटोमा कहिले लाग्ला घाम? पेट भरिने गरी कहिले खान पाइएला माम?”

यसैसन्दर्भमा आज हामी तपाईँहरूलाई भगवान शिव र पार्वतीको एउटा रोचक कथा सुनाउन गैरहेका छौँ:-

माता पार्वतीको शङ्कादोष

एक चोटि माता पार्वतीले भगवान शिवलाई भनिन्- “हे प्रभो! मैले पृथ्वीका ती दुःखी अनि गरीब मनुष्यलाई हेर्छु। फेरि ती धनी र सुखी मनुष्यलाई पनि हेरिरहेकै हुन्छु। अनि हजुरको लीला पनि अपरम्पार छ, जो मनुष्य जन्मैदेखि दुःखी छ, हजुर उसैलाई बढि दुःख दिनुहुन्छ र जसको आँगनमा सुन बिच्छ्याइएको हुन्छ, हजुर उसैको छानामा हीरा वर्षाउनुहुन्छ। यस्तो भेदभाव किन प्रभो?”

माता पार्वतीको प्रश्न गम्भीर थियो। उनको मनमा पसेको शङ्काको अङ्कुरलाई हटाउन शिवले पार्वतीलाई धर्तीमा मनुष्यको रूप लिएर जान आग्रह गरे। दुवैजना पतिपत्नीको रूप लिएर एक गाउँमा आइपुगे र त्यहिँ बसोबास गर्ने निर्णय गरे।

शिवले पार्वतीलाई भने- “हे गंगे! हामी तिम्रा प्यारा मनुष्यको धर्तीमा छौँ र हामी पनि मनुष्यकै रूप लिएर आएका छौँ। त्यसैले हामीले पनि मनुष्यकै नियम पालना गर्नुपर्दछ। म भोजनको लागि सामग्री जुटाउन जान्छु, तिमी चुल्होको निर्माण गर्दै गर!”Shiva and Parvati in Earth (1)

त्यसपछि मानवरूपी शिव त्यहाँबाट भोजनको सामग्री जुटाउन हिँडे र माता पार्वती चुल्होको लागि इँटाको व्यवस्था गर्न गाउँतर्फ लागिन्। उनले त्यहाँ जीर्ण अवस्थामा रहेको घरबाट इँटा झिकिन् र त्यसैबाट चुल्हो तयार पारिन्। चुल्होको निर्माण हुने बित्तिकै भगवान शिव खाली हात त्यहाँ प्रकट भए र पार्वतीले सोधिन्- “खै त प्रभु भोजन? हजुर त खाली हात आउनुभयो, अब के खाने?”

शिवले भने- “अब त्यसको जरुरत पर्नेछैन गंगे! पहिला यो भन तिमीले चुल्होको लागि त्यो इँटा कहाँबाट ल्यायौ?”

पार्वतीले भनिन्- “हे आर्यपुत्र! यस गाउँमा धेरै यस्ता घरहरू छन् जसको रक्षा सही ढङ्गले गरिएको छैन। थुप्रै घरहरू भत्किन लागेका छन् र मैले त्यहि भत्किएको घरबाट इँटा ल्याएकी हुँ।”

जुन घर पहिल्यै देखि खराब थियो, त्यहि घरबाट इँटा किन ल्याएकी? सध्य अनि राम्रो घरबाट पनि त ल्याउन सक्थ्यौ भन्ने शिवजीको प्रश्नमा पार्वतीले भनिन्- “प्रभु ती सध्य घरहरूमा बस्ने मनुष्यहरूले आफ्नो घरको राम्रोसँग ख्याल राख्दोरहेछन्। उनीहरूको घर अति सुन्दर थियो र त्यो सुन्दरतालाई बिगार्नु उचित हुनेथिएन।”

त्यसपछि भगवान शिवले भने- “पार्वती! यहि तिम्रो प्रश्नको जवाफ हो! जो मनुष्यले आफ्नो घरलाई सही ढङ्गले रक्षा गरेका छन् यानिकी सही कर्मबाटै जीवनलाई सुन्दर बनाएका छन्, उनीहरूलाई दुःख कसरी हुन सक्छ? मनुष्यको जीवनमा जो सुखी छ, ऊ आफ्नै कर्मबाट सुखी छ र जो दुःखी छ, ऊ आफ्नै कर्मबाट दुःखी छ। त्यसैले हरेक मनुष्यले आफ्नो जीवनमा त्यस्तो कर्म गर्नुपर्छ, जसबाट मजबूत अनि सुन्दर घर बनोस् र जसबाट कसैले पनि इँटा झिक्न नसकोस्। मनुष्यको जीवनमा मेरो कुनै हात छैन गंगे! यो त सबै उनीहरूकै कर्मको फल हो!”

निष्कर्ष:- आफ्नो जीवनको सुखदुःख आफ्नै कर्मले निर्धारण गर्छ। दुःखी हुनु भगवानको श्राप र सुखी हुनु वरदान होइन, यो त कर्मको फल हो।
Nepali Headlines

मन्त्रिपरिषदमा बबाल भएपछि सरकारले दिने भयो पृथ्वी जयन्तीमा बिदा, बबाल गर्ने मन्त्रीहरु को-को ?

काठमाडौं, २ चैत । मन्त्रिपरिषद्को बैठकमा बबाल भएपछि सरकारले यसबर्षबाट पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु राप्रपाबाट मन्त्री बनेका दीपक बोहरा तथा काँग्रेसबाट मन्त्री बनेका अर्जुननरसिंह केसीलगायत धेरैले अडान कसेपछि सरकार बाध्य भएर सार्वजनिक बिदा दिन तयार भएको थियो ।
सोमबार बसेकोको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री बिमलेन्द्र निधिले पृथ्वीजयन्तीलाई सामेल नगरी २०७४ सालको सार्वजनिक छुट्टीको सूची पेश गरेका थिए । तर, त्यसमा मन्त्रीहरु बोहोरा र केसी लगायतले चर्को विरोध गरेका थिए । त्यसक्रममा केही भनाभन समेत भएको थियो । अन्य मन्त्रीहरुले पृथ्वीजयन्तीमा छुट्टी नदिएसम्म सार्वजनिक छुट्टीको प्रस्ताव अनुमोदन नगर्ने अडान लिएपछि सोमबारको बैठक बिना निष्कर्ष सकिएको थियो । तर, मंगलबार मन्त्रिपरिषदले प्रकाशित गरेको राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल गरिएको छ ।

दोस्रो जनआन्दोलन लगत्तै पृथ्वी जयन्तीको बिदा कटौती भएको थियो । तर, पृथ्वी जयन्तीमा बिदा नदिएपछि सरकारको चर्को टिप्पणी हुँदै आएको थियो । सरकारले राजपत्रमा सार्वजनिक बिदा दिने कुरा उल्लेख गरे पनि एकता दिवसका रुपमा मनाउने विषयमा भने केही बोलेको छैन् ।
-dainik nepal

यि बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष

विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः

पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री

शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबार
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष

विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः

पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री

शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
-Purbeli News

Tuesday, March 14, 2017

Jyoti of East - Time Pass 43

A Career In Fashion Photography

We see them anywhere, in Magazines, on the Run Way, in ads on TELEVISION. We are speaking regarding the style designs of today, the other day and also tomorrow. I am chatting concerning the style digital photographers.

In the style circles popular names like Mario Testino (conveniently among the best names available) and also Eva Mueller (digital photographer for Fashion Magazine Allure) are equally as looked for otherwise even more after that those males and females roaming their method right into our aware.



High Paychecks as well as prestige's Lifestyle of hob nobbing it with the abundant and also popular could be the desire for several young photographer, nevertheless it is difficult to get to the gold Staircases of the widely known style residences as well as publications. For each one skilled professional photographer, hundreds are left panting at the walkway, just fantasizing regarding the minute that their picture will certainly be selected.

Right here are a couple of pointers for the amateur as well as daydreamer of desires in obtaining begun in style digital photography. Read and also look at any type of style Magazine you could obtain your hand on. There are superb publications on Fashion as well as style digital photography readily available.

You require 1 or 2 great video cameras, tripod as well as an illumination system. Constantly ensure that you have a lot of movie and also batteries readily available. SLR and also electronic cams take various images, so see to it you discover the most effective for your area.

When sending your job, ideally to provide an opportunity you need to have a profile available, simply in situation the editor of the style publication wishes to see examples of your job. I guarantee you if they take into consideration collaborating with you that is mosting likely to be a truth.

Keep in mind, style consists of fashion jewelry as well as devices. In some cases a watch from a renowned manufacturer on the slim wrist of an attractive lady is an excellent style shoot.

In the time of contemporary innovation, it is great to present your skill as a style professional photographer online. Send them to an on the internet style gallery.

Monday, March 13, 2017

Free Home Decorating Ideas

Everyone appreciates home decorating ideas when preparing to make improvements to their home. Exploring out brand new home decorating ideas would give birth to decorate a brand new home to give your environment strategy.

There are hundreds of websites on the Internet linked to home decorating with thousands of totally free home decorating ideas. There are websites that discuss in depth the various home decorating styles and offer concepts to help you achieve these designs in your own home.

Using these free home decorating ideas, you'll be entered to turn your home into something you only dream of decorating a home or the area is a very interesting activity.

बाबुरामले प्रचण्डलाई बुझाए १० लाखको ‘पोको’

फागुन ३० काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू गर्न दवाव दिने उद्देश्यले देशभरबाट संकलन गरिएको १० लाख सर्वसाधारणको हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बुझाएका छन् ।

सोमबार सिंहदरबारमा प्रमलाई भेटेर भट्टराईले १० लाख हस्ताक्षरको ‘पोको’ प्रधानमन्त्रीलाई हस्ताक्षर गरे ।
ज्ञापनपत्र बुझाउँदै भट्टराईले नयाँ शक्ति सबै पक्षलाई सहभागि गराएर मात्रै निर्वाचन हुनुपर्ने पक्षमा रहेको भन्दै सोको लागि उचित वातावरण बनाउन प्रमले पहल गर्नुपर्नेमा जोड दिए ।
पहिला संविधान संशोधन र त्यसपछि मात्रै चुनावमा जाँदा उपयुक्त हुने तर्क गर्दै भट्टराईले त्यसो हुन सकेको खण्डमा आन्दोलनरत मधेसी मोर्चालाई पनि सहभातिमा ल्याउन सकिने धारण राखे ।

यस्तै भट्टराईले कञ्चनपुर घटनाको उचित छानबिन गरेर दोषीमाथि कारबाही गर्न आवश्यक पहल गर्न ध्यानाकर्षण गराउँदै सीमा समस्याको दीर्घकालिन समाधान खोज्नुपर्नेमा समेत जोड दिए ।
जवाफमा प्रमले सरकार संविधान संशोधन गराउने क्रममा रहेको भन्दै नयाँ शक्तिले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा पनि दलहरुबीच छलफल गर्ने आश्वासन दिएका थिए ।

ज्ञापनपत्र बुझाउनु अघि नयाँ शक्तिले संविधान संशोधन गरी निर्वाचनको वातावरण तयार गर्नुपर्ने, एनसेलबारे सरकारले गरेको निर्णय फिर्ता हुनुपर्ने, भ्रष्टाचारीलाई कार्बाही गरिनुपर्ने, सप्तरी घटनाको छानविन गरी घटनाका दोषीहरुलाई कार्बाही गर्नुपर्ने, भारतसँगको सीमा ब्यवस्थित गर्नुपर्नेलगायतका माग राख्दै माइतिघर मण्डलामा प्रदर्शन समेत गरेको थियो ।
-rato pati

नेपालले हरायो केन्यालाई, ७ विकेटले विजयी, ज्ञानेन्द्र-६४ दिपेन्द्र-६२

काठमाडौं, फागुन ३० – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी भएको छ ।
केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा पूरा गरेको हो । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६६ बलमा ६२ रन बनाएर आउट भए । उनले ८ चाैका र एक छक्का हाने । १ सय १८ बल बाँकी छँदै नेपाल विजयी भएको हो । ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन बनाए । उनले ८ चाैका र १ छक्का हाने । शरद भेषावकरले ११ बलमा २४ रन बनाए । उनले ४ चाैका र १ छक्का हाने ।

सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए । केन्यालाइ एकदिवसीय खेलमा नेपालले पहिलो पटक हराएको हो । नियमित कप्तान पारस खड्का अस्वस्थ भएकाले ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा सबै विकेट जाँदा एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।
शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो । केन्यासँग भएको शनिबारको खेल हारेपछि नेपाल प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।
शीर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनौटमा छनौट हुने मौका पाउनेछ । अब नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले १० खेलमा ४ जित निकाल्दै ८ अंक छ । केन्याको १० खेलमा ५ जित निकाल्दै १० अंक छ । केन्यासँगै नेपालभन्दा अघि नेदरल्याण्ड्स, पपुवा न्यु गिनी, हङकङ र स्कटल्याण्ड छन् ।
-Ujyalo Online

पुरुषहरुले कहिले नभन्ने तर महिलाले थाहा पाउनुपर्ने पुरुषका गोप्य कुरा

महिलाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन मुस्किल छ भन्ने आम मानिसहरुको बुझाइ छ तर के पुरुषको दिमागमा चलिरहेको कुरा थाहा पाउनसजिलो छ त ? पक्कै पनि सजिलो छैन । पुरुषहरुले पनि आफ्नो मनमा त्यस्ता कुराहरु राख्ने गर्दछन् जसलाई जो कोहिले थाहा पाउन सक्दैनँ ।

यद्यपी आफूले केहि नभनी आफ्नी महिलाले मनको कुरा बुझुन् भन्ने इच्छा हरेक पुरुषको हुने गर्दछ । यदि तपाईंको जीवनमा कोही पुरुष छन् र उनलाई बुझ्न निकै कठिन भइरहेको अवस्था छ भने अब ढुक्क हुनुहोस् । हामी तपाईंलाई यस्तो कुराको जानकारी दिँदैछौँ जसलाई पुरुषहरुले कहिले तपाईंलाई बताउँदैनन् तर तपाईंलाई थाहा होस् भन्ने चाहन्छन् ।


 १. पुरुषलाई धेरै ठेस लाग्ने गर्दछः पुरुषहरु आफैँलाई निकै कुल र कुनै कुराको टेन्सन नभएको जस्तो देखाउन चाहन्छन् । साधारणतया पुरुषहरुलाई जब कुनै कुराले दुखी बनाएको हुन्छ उनीहरु त्यसको बारेमा सोचेर नबसी त्यसलाई छोडेर अगाडि बढ्ने गर्दछन् । तर यसको अर्थ यो होइन कि उनीहरुलाई उक्त कुराले तनावमा पारेको हुँदैन । दुखी हुँदा उनीहरु भित्र–भित्रै रुने गर्दछन् तर त्यसलाई आफ्नो अनुहारको हाउभाउमा व्यक्त हुन दिँदैनन् । आफ्नो पिडा र दुःख उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।

 २. पुरुषहरु पनि हुन्छन् भावुकः पुरुषहरु पनि निकै भावुक हुने गर्दछन् । उनीहरु आफ्नो आँसु लुकाउनमा निकै सिपालु हुने भएका कारण उनीहरु कहिले पनि कसैको अगाडि रुँदैनन् विशेषगरि उनीहरु महिलाको अगाडि रुन चाँहदैनन् । तर यदि उनीहरु कहिलेकाँही निकै भावुक भएर रोएको खण्डमा त्यसलाई कहिले पनि हाँसोमा नउडाउनुहोला । तपाईंले उनको आँसुलाई हाँसोमा उडाउँदा एकछिन् उनीपनि तपाईंसँगै हाँस्नुहोला तर उनीहरु कहिले पनि आफ्नो आँसु मजाक भएको हेर्न चाहँदैनन् जसका कारण उनीहरुको मनमा तपाईंप्रति नकारात्मक भावना पैदा हुनसक्छ ।

 ३. महिलाहरुमाथि नियन्त्रणः पुरुषहरु चाहन्छन् कि महिलाहरु उनीहरुको हरेक कुरा मानुन् । उनीहरुले चाहेको जस्तै व्यवहार गरुन् । उनीहरुलाई मनपर्ने –मननपर्ने कुराको बारेमा जानकार रहुन् । सबै मिलाएर भन्ने हो भने पुरुषहरु महिलालाई आफ्नो गिरफ्तमा राख्न चाहन्छन् चाहे त्यो बेडमा होस् वा अन्य कुनै व्यवहारिक जीवनमा ।

 ४. भविष्यको चिन्ताः पुरुषहरुलाई आफ्नो भविष्यको केहि पनि चिन्ता नभएको जस्तो देखिएता पनि उनीहरु आफ्नो भविष्यको बारेमा निकै चिन्तित हुने गर्दछन् । उनीहरु भित्र–भित्रै आफ्ना भावी योजनाहरुको बारेमा बिचार–बिमर्स गर्ने गर्दछन् । हुनसक्छ तपाईंको साथी पनि तपाईंलाई उनको भविष्यको सपनाको बारेमा केहि कुरा भन्दैनन् किनभने उनी तपाईंसँग कसम खान डराउने गर्दछन् । कतै आफ्नो सपना पूरा हुने हो कि होइन भन्ने विषयमा पुरुषहरु निकै डराउने गर्दछन् ।

 ५. पुरुषलाई चाहिन्छ स्पेसः पुरुषलाई आफ्नो स्वतन्त्रता निकै मनपर्छ । उनीहरु केहि समय आफैँसँग बिताउन चाहन्छन् । आफ्नो पार्टनर एक्लै अर्को कोठामा बसिरहेका छन् भने अन्यथा नसोची उनीहरुलाई केहि बेरको लागि एक्लै छोडिदिनुहोस् । यसो गर्नाले दिनभरी थाकेका उनी आफै थकानमुक्त हुने गर्दछन् ।

 ६. गिफ्ट दिन कच्चाः कहिलेकाँही पुरुषहरुले महिलालाई जुन गिफ्ट दिन्छन् त्यो निकै बोरिङ हुने गर्दछ । यस्तो लाग्छ कि उनले केहि बिचारै नगरी यसलाई किनेका छन् तर यसको मतलब यो होइन कि उनले तपाईंलाई कम माया गर्छन् । गिफ्टको बारेमा निर्णय लिन महिलाहरु पुरुषभन्दा निकै राम्रा हुन्छन् । पुरुषहरु गिफ्टको बारेमा धेरै नसोची आफूलाई जे ठिक लाग्छ त्यहि किन्ने गर्दछन् । source naulo-khabar

चैत्र २ गते देखि सेना परिचालन हुने

काठमाडौ, ३० फागुन । मतपत्र छपाईको लागि चैत २ गते बुधबार बाट नेपाली सेना परिचालन हुने भएको छ। जनक शिक्षा सामग्रीको सेक्युरिटी प्रेसमा छपाई गर्न लागेको मतपत्रको सम्पुर्ण सुरक्षाको लागि नेपाली सेना केन्द्रमा बस्न लागेको हो। बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको मतपत्र छपाई गर्ने कार्य नसकुन्जेल सेनाको टोली जनक शिक्षाको छापाखानामै बस्नेछ। स्रोतका अनुसार करिब डेढ सय सेना प्रेस परिसरमा खटिनेछन्। मतपत्र छपाई र ढुवानी पुरा नहुन्जेलसम्म नेपाली सेना प्रेस भित्रै बस्ने भएको छ। छपाई अवधीभर अन्य कसैलाई पनि परिसर प्रवेशमा रोक लगाइने भएको छ। निर्वाचन आयोगले २०६४ र २०७० सालमा उपलब्ध गराएको चार र जनक शिक्षा संग रहेको ३ वटा गरी सातवटा प्रेसमा करिब १ करोड ७० लाख हाराहारीमा मतपत्र छपाई गरिने भएको छ। नेपाली सेनाका सहप्रवक्ता महासेनानी रामनाथ ढुंगानाले निर्वाचनकार्यका लागि नेपाली सेना तयार रहेको र निर्वाचन आयोगले बोलाउनासाथ परिचालित हुने जानकारी दिए । स्रोतका अनुसार केन्द्रले मतपत्र छपाई गर्न करिब ४ सय टन कागज केन्द्रमा खसाली सकेको छ। निर्वाचन आयोगले शुक्रबार निर्वाचन चिन्ह, रङ लगायतका विषयमा फाइनल गरेपछि छपाई शुरु गर्ने तयारी गरेको छ। केन्द्रले करिब एक महिना १५ दिनभित्र मतपत्र छपाई गर्ने काम पुरा गर्ने गरी तयारी गरिरहेको छ।
केन्द्रले २४ सै घण्टा मेशिन संचालन गरी तोकिएकै समयमा मतपत्र छपाई पुरा गर्ने योजना अघि बढाएको छ। केन्द्रले मतपत्र छपाई गर्न थालेपछि कक्षा ११ को प्रश्नपत्र छपाईमा समस्या हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिर्वतन गरेको थियो । यसअघि बैशाख २४ गतेदेखि तोकिएको परीक्षा निर्वाचन र प्रश्नपत्र छपाइमा ढिलो हुने कारणले सारेको थियो। YT Nepal

Exactly what is a Structured Settlement ?

An organized negotiation is an arrangement in between an accident sufferer (complainant) as well as an Insurance firm (the accused) to make up the complainant by the accused with long-term routine settlements as opposed to a solitary cash money round figure.

Repayments could be customized per specific complainants should aid satisfy expenditures such as continuous clinical and also living costs, education and learning, kids need to & sustain etc 'The taken care of annuity repayments are tax-free to the complaintant an expense of living modification (COLA) feature is readily available, which could assist balance out the results of rising cost of living gradually, repayments could remain as long as the candidate lives providing him the optimum advantages.

Structured negotiations are urged by complainants' lawyers, courts, insurer and also lawmakers alike as they all concur it is the very best remedy for all worried, specifically for the claimant celebrations.

The annuity could be transformed in entire or partly to a cash money round figure from personal funds as well as the Court ought to be accepted. The funds are most thinking about these bargains as they are really successful for them due to the fact that they are lasting free of tax repayments as well as in exchange the annuity owner pays much less compared to the stated value, yet in money.

The very same funds taking care of Lotery victors long-term repayments to a round figure, along with all sort of solutions of loan versus future settlements.